जसपाले पनि बोलायो आकस्मिक बैठक

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले  पछिल्लो राजनीतिक घटनाक्रमपछि आकस्मिक केन्द्रीय समितिको कार्यकारिणी  बैठक बोलाएको छ । 

पार्टीका अध्यक्ष उपेन्द्र यादवले नयाँ विकसित घटनाक्रमबारे छलफल गर्न आज बिहान बैठक बोलाएका हुन्। अध्यक्ष यादव मध्यरातसम्म बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूसँग छलफलमा सहभागी  थिए । 

जसपा श्रोतका अनुसार  माओवादी-एमालेको बन्न सक्ने नयाँ समीकरणलाई जसपाले साथ दिने भएको  बताइएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्