सत्ता गठबन्धन विघटनतर्फ, माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सत्ता गठबन्धनमा समस्या उत्पन्न भएर  बालुवाटारमा आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक आकस्मिक रुपले स्थगित भएको छ । 

बैठक स्थगित भएपनि नेपाली कांग्रेस सभापतिका शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न  केहीबेरअघि बालुवाटार पुगेका थिए। उनीहरुबीच के बारेमा छलफल भयो भन्ने बारेमा केही बताइएको छैन ।

गठबन्धनको बैठक स्थगित भएपछि राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

आइतबार राति नेकपा माओवादी र नेकपा एमालेसहितका अन्य दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटन हुने निश्चित बनेको हो । 

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दल माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमाअ बसिरहेको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्