एमाले र माओवादी मिल्ने सहमति भएपछि बालकोटमा आकस्मिक सचिवालय बैठक जारी

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेकपा एमालेको आकस्मिक सचिवालयलको बैठक बसिरहेको छ।

फागुन २५ गते  बैठक बस्ने तय भएपनि आज बिहान आकस्मिक बैठक बसिरहेको छ। विभिन्न विषयमा तर सत्ता गठबन्धनमा समस्या उत्त्पन्न भएपछि एमालेले आकस्मिक सचिवालय बैठक आह्वान बोलाएको हो ।

आइतबार राति भएका छलफलमा एमाले र माओवादी केन्द्रबीच मिलेर जाने सहमति भएपछि  अहिले सचिवालय बैठक बसेको हो।

त्यस्तै टीआरसी विधेयक टुंगो लगाउने र राष्ट्रियसभा अध्यक्षमा पनि सहमति गरेर जाने नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ । अब कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धनमा हेरफेर हुने भएको छ । कांग्रेससँग रुष्ट भएको माओवादी केन्द्रले एमाले लगायत अन्य दललाई साथ लिएर नयाँ गठबन्धन बनाउने भएको हो । त्यसका लागि नेताहरू निरन्तर छलफलमा जुटेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्