सत्ता गठबन्धनको बैठक बस्दै

सोमबार, फागुन २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बिहान ८ बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यद्यपि बैठकमा मन्त्रिपरिषद् हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा पार्टीका मन्त्रीहरुसँग आइतबार साँझ नै छलफल समेत गरेका थिए । 

यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार कांग्रेस देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत अन्य नेतासँग छुट्टाउनु भेट गरेपछि आज बैठक बोलाइएको हो।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्