देउवाले आफ्ना मन्त्रीहरुसँग छलफल गरेको केहीबेरमै केपी ओली पुगे बालुवाटार

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका मन्त्रीहरुलाई बुढानिलकण्ठ बोलाएकै छलफल गरेकै साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदको अध्यक्ष पदको अध्यक्षका लागि सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका अध्यक्ष ओली आज साँझ फेरि बालुवाटार पुगेका हुन् ।

बालुवाटार जाँदा अध्यक्ष ओलीले पार्टीका महासचिव शंकर पोखरेललाई लिएर गएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न् रास्वपाका सभापति रवि लामिछाने पनि पुगेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्