बाँकेमा महिलाको घाँटी थिची हत्या गर्ने रामसिंह थारु पक्राउ 

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेमा महिलाको घाँटी थिची हत्या गर्ने एक जना ब्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका वडा नम्बर २ मुक्तिनगर बस्ने ४५ बर्षीय रामसिंह थारुलाई पक्राउ गरेको छ ।

यही फाल्गुन १८ गते बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित बनकट्टीदेखि जीगाउँ जाने भित्री पक्की बाटो किनारामा बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ बनगाई बस्ने २७ बर्षकी उर्मिला चौधरीको शब फेला परेपछि हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा रामसिंहले उर्मिलाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पक्राउ परेका थारुलाई जिल्ला अदालत बाँकेबाट पहिलोपटक पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्