कन्चनपुरमा एक युवकको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

महेन्द्रनगर। कन्चनपुरमा एक जना युवकको हत्या आरोपमा बेलौरी नगरपालिका-९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका छन् । प्रहरीले गत  कात्तिक २४ मा झुण्डिएको अवस्थामा मृत  फेला परेका कन्चनपुर बेलौरी नगरपालिका-९ का १८ वर्षीया अनुश रानाको हत्या आरोपमा वडाध्यक्ष रानासहित ६ जनालाई पक्राउ गरेको जनाएको छ। 

 कन्चनपुर प्रहरीले अनुश रानाको हत्या आरोपमा वडाध्यक्ष  रानासँगै सोही ठाँउकै भंगी राना,सुकदेव राना, दुक्खो राना,सुरज राना र अनिरुद्र रानालाई पनि पक्राउ गरेको जानकारी दिएको छ।

मृतक अनुश रानाका बुवाले आफ्नो छोराको किसनसिंह रानासहित ६ जनाले पहिला हत्या गरेर कानुनबाट बच्न आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको भन्दै बेलडाँडी प्रहरीमा जाहेरी दिएपछि जाहेरीका आधारमा ६ जनालाई पक्राउ गरिएको कन्चनपुर प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक अनिशको मृत्यु भएको दिनमा ती सबै ६ जना मृतकसँगै रहेको  देखिएको प्रहरीले बताएको छ।कन्चनपुर जिल्ला अदालतले हत्याको आरोपमा पक्राउ परेका सबैलाई ज्यान मुद्दामा अनुसन्धान गर्नका लागि  १० दिन हिरासतमा राख्न अनुमति लिएको छ ।  यसबारेमा प्रहरीले उनीहरुसँग थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्