विमला तामाङ सर्वाधिक ब्यस्त र चर्चित मेकअप आर्टिष्ट 

आइतबार, फागुन २०, २०८०

काठमाडौं  । नुवाकोटको शिवपुरी-२ छापमा २०५४ सालमा जन्मिएकी बिमला तामाङ पछिल्लो समयकी चर्चित मेकअप आर्टिष्ट बनेकी छिन् । प्रायः सबै  कलाकारको रोजाईमा पर्ने बिमला काममा पर्फेक्ट त छँदैछिन्,  मृदुभाषी पनि छिन् । यसैकारण पनि हुन सक्छ सबै कलाकारको पहिलो रोजाईमा पर्छिन्  बिमला ।

काठमाडौंको शिबपुरी कलेज महाराजगन्जबाट प्लस टु सम्मको अध्ययन गरेकी बिमला २०७२ सालदेखि नेपाली फिल्म नगरीमा काम गर्न थालेको बताउँछिन् । नेपाली चलचित्र गाजलु र संरक्षणमा मेकअप आर्टिष्ट सरोज बुढाथोकीको सहयोगी मेकअप आर्टिष्टको रुपमा काम सिक्दै साहित्यकार झमक कुमारी घिमिरेको जीवनीमा आधारित चलचित्र जीवन काँडा कि फूलबाट उनले सहयोगी मेकअप आर्टिष्ट नभई एकल जिम्मेवारी बहन गरेकी हुन् ।

विमलाले हालसम्म भाग्य, षड्कोण लगायत दुई हजार भन्दा बढी म्युजिक भिडियो, बिज्ञापन, फोटो शुटमा आफ्नो मेकअप कला देखाइसकेकी छिन्  ।

उनले काम गरेका प्रकाश सपुतको कुरा बुझ्नु पर्छ, पीर, सकम्बरी, मुटु कटक्कै, जालेरुमाल फाट्यो, हेमन्त शर्माको निरजाले, हरिबंश आचार्यको काउली, ए केटा मादलु पड्का लगायतका ५० भन्दा बढी गीतले 10M plus भ्युज पाइसकेका छन् । यति धेरै गीत सङ्गीत करोड क्लबमा पर्दा समेत उनले कुनै अवार्ड पाएकी थिइनन् । तर, अहिले भर्खरै सम्पन्न Rara National Music Award  भने उनले पहिलो अवार्ड हात पार्न सफल भएकी छिन् । त्यसो त उनी आफूले पाउने कामलाई नै अवार्ड मान्ने गर्छिन् यद्यपि अवार्डले काम गर्न अझ हौसला प्रदान गर्ने उनको बुझाई छ ।

बिमला नेपाली मेकअप बजारमा अहिले क्रियाशील आर्टिष्टहरु मध्ये राम्रो आम्दानी गर्ने मेकअप आर्टिष्टको रुपमा परिचित छिन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्