आज साउने संक्रान्ति

सोमबार, साउन १, २०८०

काठमाडौं । आज साउने संक्रान्ति। हिन्दु धर्मावलम्बीले आज साउने संक्रान्ति परम्पराअनुसार मनाउदैछन।

आज साउने संक्रान्ति स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।

आजका दिन विभिन्न परिकारका भोजन बनाइ खादै मनाइन्छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्