त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको नेदरल्यान्ड्स र नामिबियाबीचको खेल बराबरी भएपछि नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेको छ।

नेदरल्यान्ड्स र नामिबियाबीच सिरिजको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएपछि दुबै टोलीले १-१ अंक बाँडदा नेदरल्यान्ड्स फाइनलमा पुगेको हो।

आज टस जितेर बलिङ रोज्दै  नेदरल्यान्ड्सले ब्याटिङ गर्न दिएको नामिबियाले वर्षा हुनु अघि १५ ओभारमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो। त्रिवि मैदान कीर्तिपुरमा भारी वर्षा भएपछि खेल रोकिएर सुरु हुन नसक्दा खेल रद्द भएको हो।

सिरिजमा नेदरल्यान्ड्स ५  अंकका फाइनलमा पुगेको हो भने नेपालले शनिबार नेदरल्यान्ड्सलाई हराउँदै  ४ अंक बटुलेर फाइनलमा प्रवेश गरिसकेको थियो। 

मंगलबार नेपालले नेदरल्यान्ड्स फाइनल खेल खेल्नेछ ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्