हाइटीको राजनीतिक गतिरोध समाधान गर्न जोड

शुक्रबार, असार २२, २०८०

एजेन्सी/चीन । संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले हाइटीको राजनीतिक गतिरोध तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुपर्ने बताएका छन् ।

स्थायी प्रतिनिधि झाङ जुनले बिहीबार सुरक्षा परिषद्को बैठकमा हैटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताए । 

उनले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताए । हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उनले सम्बद्ध पक्षलाई आह्वान पनि गरे । 

सामूहिक हिंसाको वृद्धिलाई रोक्न र सबैभन्दा आधारभूत सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्ने पूर्ण सुरक्षाको वातावरण सृजना गर्नु तथा आधारभूत मानवीय आवश्कताको आपूर्तिमा अवरोध हुन नहुने बताउँदै राजदूत झाङले राजनीतिक सङ्क्रमणको अन्त्यका निम्ति आवश्यक प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिए । 

हतियारको तस्करी रोक्न तथा हाइटीका गिरोहहरूलाई तिनको पहुँचबाट विमुख बनाउन अन्तरराष्ट्रिय सुमदायले गम्भीर हुनुपर्नेमा चिनियाँ राजदूतले जोड दिए । 

कुनै पनि बाह्य सहयोग योजना हाइटी जनताको इच्छा र सहमतिमा आधारित हुनुपर्ने उनले बताए । उनले हैटीमा दीर्घकालीन शान्ति, स्थायित्व र दिगो विकास हासिल गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा चीनको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्