फाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र नामिबिया भिड्दै

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजको लिग चरणको अन्तिम खेलमा आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै छन् ।

आज बिहान साढे ११ बजेबाट त्रिवि मैदान कीर्तिपुरमा हुने खेलको विजेता नै फाइनलमा प्रवेश गर्ने हुँदा २ खेलमा हार र १ खेलमा जितेको नामिबियाले नेदरल्यान्ड्सलाई भारी रन अन्तरले पराजित गर्नुपर्नेछ। 

तर आजको खेलमा २ खेल जित्दै एक खेलमा पराजय ब्यहोरेपनि नेदरल्यान्ड्स नेटरनरेटका आधारमा ४ अंकका साथ सबैभन्दा अग्रस्थानमा छ भने २ खेलमा जित र एक खेलमा हारेको नेपालको ४ अंक छ । निमिबियाले नेदरल्यान्ड्सलाई भारी रन अन्तरले हराउने पर्ने हुँदा त्यो सम्भावना निकै कम रहेको छ। 

मंगलबार आजको विजेता र नेपालबीच फाइनल खेल हुनेछ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्