चितवनकी बालिका शालिन मृत्यु घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

शनिबार, फागुन १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाकी १४ वर्षीया बालिकाको मृत्यु प्रकरणको घटनाको जाँच सत्य तरिकाले अनुसन्धान  गर्न नेपाली कांग्रेसले माग गरेको छ।

रत्ननगर-१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४  छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कांगेसले आज एक विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ । 

कांग्रेस यो घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

यो दुःखद् क्षणमा बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनाको यथासक्दो छानबिन गर्न माग गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्