सीता सापकोटा एनआरएनए बेल्जियमको अध्यक्ष निर्वाचित

सोमबार, साउन १, २०८०

बेल्जियम । एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्बाचित भएकी छिन्  । 

सोमबार  सम्पन्न निर्वाचनमा सापकोटाले प्रतिद्वन्द्वी तिर्थ धमलालाई १६४ मतान्तरले पराजित गरेकी हुन् । निर्वाचित सापकोटाले १११२ मत प्राप्त  गर्दा धमलाले ९४८ मत प्राप्त गरेका थिए। 

बेल्जियमभरका ६ वटा केन्द्रमा भएको  मतदानको आज बिहान मात्र मतगणना सकिएको  नेपाल पत्रकार महासंग बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्