आज नेपाल र नेदरल्यान्ड्स खेल्दै, फाइनल पुग्न नेपाल जित्नै पर्ने दबाबमा

शनिबार, फागुन १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको नेपालले आज आफ्नो अन्तिम खेल नेदरल्याण्ड्स खेल्दैछ।

नेपाललाई फाइनलमा पुग्न  यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो । 

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 

नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ । यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । 

तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज साढे ११ बजे नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ भने नेपालका केही खेलाडी परिवर्तन हुने सम्भावना समेत रहेको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्