नामिबिया नेपालसँग ३ रनले पराजित

शुक्रबार, फागुन १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले  नामिबियामाथि रोमाञ्चक जित निकालेको छ। नेपालले नामिबियालाई ३  रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो  ब्याटिङ गर्दै ८ विकेटको क्षेतीमा नामिबियालाई दिएको  १८० रनको लक्ष्यलाई नामिबियाले ७ विकेट गुमाउँदै १७७ रन बनायो। आजको जितले नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ।

नामिबियाका जे.जे.स्मिथले ५० रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट तथा प्रतिक जिसीले १ विकेट लिए।

पहिलो ब्याटिङमा नेपालका कुशल मल्लले नटआउट रहदै ५५  रन बनाएका थिए।यसअघि नामिबियासँग २० र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपाल आज  'डु अर डाई' को अवस्थामा खेल्दै गर्दा विजयी बनेको हो ।

यस सिरिजमा नेदरल्याण्ड्सको ४,  नेपाल र नामिबियाको समान २-२  अंक छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्