नेपालको नामिबियाविरुद्द कमजोर प्रदर्शन, नेपालले दियो १८१ रनको टार्गेट

शुक्रबार, फागुन १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज भइरहेको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै नामिबियालाई १८१  रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिलो  ब्याटिङ गर्दै ८ विकेटको क्षेतीम्मा  १८० रन बनायो। नेपालका कुशल मल्लले नटआउट रहदै ५५  रन बनाए भने ओपनर आशिफ शेखले १ रन मात्र बनाए भने गुल्सन झाले २६ रन बनाए  ।

यसअघि नामिबियासँग २० र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको नेपाल आज  'डु अर डाई' को अवस्थामा खेल्नु पर्नेछ ।

यस सिरिजमा नेदरल्याण्ड्सले नेपाल र नामिबियालाई पराजित गरेर ४ अंक जोडेको छ भने नामिबियाको २ अंक छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्