संसद बैठकमा एमाले, रास्वपा र राप्रपाको नारावाजी

शुक्रबार, फागुन १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विभिन्न माग राख्दै आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले नाराबाजी गरेको छ । 

एमालेसहित अन्य पार्टीले विवादित मन्त्रीहरूलाई कारबाही गर्न माग गर्दै बैठक अवरोध गरेका  हुन्। यसबारेमा उनीहरुले मन्त्री र प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने माग राखेका छन् ।  

एमाले , राप्रपा र रास्वपाका सांसदहरूले बैठकको शुरुआतदेखि नै नाराबाजी सुरु गरेका थिए। तीन दलले दुग्ध पीडित किसान र बैक तथा वित्तीय समस्या ध्यानाकर्षण समेत गराएका छन्।

त्यस्तै राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले रुस सेनामा भर्ती भएका नेपालीहरूको विषयमा पनि सरकार चुप भएर बसेको आरोप लगाए  । सभामुख देवराज घिमिरेले पटक पटक बैठक सञ्चालन गर्न दिन आग्रह गरेपछि बैठक संचालन भइरहेको छ । 

 सभामुखले यसअघि नै बैठकमा उपस्थित भई जवाफ दिन सरकारलाई जानकारी गराइ सकेको  बताए । फागुन २१ गतेको बैठकमा उपस्थित हुन सभामुखले सरकारलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्