बंगलादेशको एक भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु

शुक्रबार, फागुन १८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । बंगलादेशमा ग्रिन कोजी कटेज आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ।

राजधानी ढाकामा रहेको एक ७ तले भवनमा आगलागी हुँदा  ४४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

गएराति उक्त भवनमा आगलागी हुँदा घाइते भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षाफौजले  ७५ जनालाई उद्दार गरि बाहिर निकालिएको थियो भए उद्दार गरेर ल्याउदा ४२ जना बेहोश रहेका थिए ।

उपचारका लागि सबैलाई ढाका मेडिकल कलेज र शेख हसिना नेशनल इस्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना गराइएकामा ४४ जनाको मृत्यु भएको बताइएको छ।

त्यहाको प्रहरीका अनुसार घाइतेहरुको अवस्था गम्भीर रहेको हुँदा मृतकको संख्या अझै बढन सक्ने बताएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्