बालविवाह मुद्धामा फरार रहेका दुई महिला पक्राउ

बिहीबार, फागुन १७, २०८०
Neuro hospital Nepalgunj

पोखरा । बालविवाह मुद्धामा फरार रहेका २ प्रतिवादी  महिलालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीस्थित अन्नपूर्ण गाउँपालिका-१ का सरस्वरी विक भनिने बुद्धिसरा विक र बिनिता सुनार रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत कास्कीले माघ २५, २०७९ मा बालविवाह मुद्धामा ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानाका साथै पीडित राहत कोषमा २ सय रुपैयाँ तिराउने फैसला सुनएको थियो ।

अदालतको फैसला पश्चात्  उनीहरु दुबै जना फरार रहदै आएका थिए । प्रहरीले उनीहरुलाई पोखराको हरिचोकबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरुलाई कैद भुक्तानका लागि कारागार पठाएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्