सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । ५ औं दिनको अवधिमा बाँकेमा ९४.६ प्रतिशत बालबालिकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत आज पाँचौं दिनसम्म दिनसम्म १ लाख ४६ हजार ६ सय १० जना बालबालिका अर्थात ९४.६ प्रतिशतले खोप लगाएका हुन् ।
बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा लक्ष्य भन्दा बढी अर्थात कोहलपुरमा १३०.६ प्रतिशत, खजुरामा ११०.९ प्रतिशत तथा बैजनाथमा १०२।५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।
यस्तै राप्तीसोनारी गाउँपालिकामा ९६.७ र डुडुवा गाउँपालिकामा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए । यता नेपालगञ्जमा ७७.२ र जानकीमा ७६.८ प्रतिशत बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । उता नरैनापुरमा ६२.८ प्रतिशतले खोप लगाएका छन् ।
९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।