बाँकेको न्यूू माया इलेक्ट्रोनिक्समा आगलागी, डेढ करोड बढीको क्षेती

बुधबार, फागुन १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको नेपालगन्जको न्यू माया इलेक्ट्रोनिक्स  पसलमा आगलागी भएको छ । आगलागीबाट डेढ करोड बढीको क्षती भएको अनुमान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेक्ट्रोनिक्स पसलमा गएराति करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेक्ट्रोनिक्स समानहरु पूर्णरुपमा जलेर नष्ट भएको नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य शिवप्रसाद दाहालले बताए । 

दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रण आएको थियो । विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्