कप्तानगन्जबाट ७१ किलो गाँजा बरामद

बुधबार, फागुन १६, २०८०

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७१ किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरीको नम्बर  ४  गणले  देवानगन्ज गाउँपालिका वडा नं ४ यादवटोलस्थित दशगजा नजिक कप्तागन्जको मकैबारीबाट ७१ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

गएराति सशस्त्र प्रहरीले लुकिछिपी दुई जना व्यक्तिहरुले २ वटा बोरा टाउकोमा बोकी भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जको टोलीले देखेर नियन्त्रणमा लिन खोज्दा दुई जनाले उक्त बोरा छाडेर भारततर्फ फरार भएका हुन् । 

गाँजा बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगन्ज बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्