नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

बुधबार, फागुन १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  काठमाडौँमा जारी  टी –२० आई त्रिकोणात्मक क्रिकेट श्रृंखलामा  आज भइरहेको खेलमा नेपाललाई  नेदरल्याण्ड्सले १८५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिविको मैदानमा  टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभर खेल्दै ४ विकेटको क्षेतिमा १८४ रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि माइकल लेभीटले सर्वाधिक ५४ रन बनाए। पहिलो खेलमै नामिबियासँग २० रनले पराजित भएको नेपालले आज नेदरल्याण्ड्सलाई पराजित गर्नै पर्ने छ।  

 

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्