वडाध्यक्षलाई कारबाहीको माग गर्दै नेपालगञ्ज उपमहानगरको कामकाज ठप्प

बुधबार, फागुन १६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसेन शेषले अबाञ्छित क्रियाकलाप गरेको भन्दै सम्पूर्ण कर्मचारीहरुले नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा ठप्प गरेका हुन्।

वडाध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरुले अत्याबश्यक बाहेक सबै सेवा ठप्प पार्ने बताएका छन् ।

सम्पूर्ण कर्मचारीहरुका तर्फबाट जारी संयुक्त प्रेस विज्ञप्तीमा वडाध्यक्ष सराफतले मंगलबार दिउँसो उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी विभिन्न शाखाका कर्मचारीलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत प्रवेश गरी अभद्र ब्यवहार गरेको घटनाको घोर भत्र्सना गरिएको छ ।

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुठो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अबाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरुले कडा कारबाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नहुने भन्दै उनीहरुले प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्