टी-२० क्रिकेटमा नेपाल नामिबियासंग २० रनले पराजित

मंगलबार, फागुन १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  आजदेखि काठमाडौँमा सुरु भएको टी –२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपाल पहिलो खेलमै पराजित भएको छ।  कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपाल २० रनले पराजित भयो । 

नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । 

कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो। 

नामिबियाले पहिलो १० ओभरमा ६० रनमात्र जोडेकामा दोस्रो १० ओभरमा १४६ रन बनायो । 

नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । ले ३६ बलमा १०१ रन बनाए । चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहित पौडेलले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो ।टी–२० श्रृंखलाको दोस्रो खेलमा बुधबार बिहान नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्