प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध

आइतबार, असार ३१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  दुई पार्टीले बैठक अवरोध गरेपछि सभामुख देबराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपाले नियमापत्ति गरेपछि प्रतिनिधि सभाको बैठकमा अवरोध भएको हो । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

त्यसपछि लेखक केही नबोली बसेका थिए । सभामुखले ध्यानाकर्षणका लागि निर्णयार्थ पेश गर्ने विधि नै पढेर सुनाएका भए पनि रास्वपा र राप्रपाका सांसदहरुको बल मिच्याइँले गर्दा बैठक स्थगित गर्नुपरेको हो । 

उनले पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराए पनि सांसदहरुले वेल घेराउ गर्न आएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । 

सभामुखले पेश गर्दा खेरी कुनै आपत्ति नभएको भन्दै अर्को विषयमा प्रवेश गरिसकेकाले अब फेरि पछाडि फर्किन नमिल्ने बताए । तर वेल नै घेराउ भएपछि बैठक स्थगित भएको हो । आज मिटरब्याज विधेयक आजै पेश गर्ने सहमति भए पनि राप्रपा र रास्वपाको अवरोधले अनिश्चिततातर्फ धकेलिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्