नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

मंगलबार, फागुन १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु भएको टी –२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाललाई नामिबियाले २०७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले  ४ विकेटको क्षतिमा २०६ रन बनायो ।

 नामिबियाले पहिलो १० ओभरमा ६० रनमात्र जोडेकामा दोस्रो १० ओभरमा १४६ रन बनायो । 

नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

उनले ३६ बलमा १०१ रन बनाए । चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहित पौडेलले सर्वाधिक २ विकेट लिए । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्