टस जितेर नेपालविरुद्द पहिले ब्याटिङ गर्दै नामिबिया

मंगलबार, फागुन १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । त्रिकोणात्मक टी-२०  सिरिजअन्तर्गत आज नेपाल र नामिबियाबीच पहिलो खेल सुरु भएको छ। टीयु क्रिकेट मैदानमा नामिवियाका जेजे स्मिथले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

आजको खेलमा नेपालका तर्फबाट  रोहित पौडेल र नामिबियाबाट जेराल्ड इरास्मसले कप्तानी गर्दैछन्  । तर आज नेपालका स्पिनर ललित राजवंशीलाई विश्राम दिइएको छ।

आजबाट सुरु भएको टी-२० टोलीमा नेपालले केही खेलाडी परिवर्तन गर्दा नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ । लिग २ का दुवै खेलमा ४ विकेट र २ विकेटले नेपाललाई हराएको नामिबिया मनोबल उच्च छ ।

नेपालका कुशल भुर्तेल, अनिल शाह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी टी-२० का प्रमुख ब्याटर हुन् । यी चार खेलाडी प्रदर्शनमा टोलीको योगफल निर्धारण हुनेछ ।

उता कुशल मल्ल विष्फोटक ब्याटर हुन् । उनी चलेको खण्डमा नेपालले एकै ओभरमा खेललाई मोड्न सक्छ । अनिल राम्रो लयमा देखिंदै टोलीमा पुनरागमन गरेका छन् ।

दीपेन्द्र प्रमुख अलराउन्डर हुन् । पछिल्लो समय ग्लोबल टी-२० क्यानडा र इन्टरनेशनल लिग टी-२० यूएईको अनुभव बटुलेका छन् । नेपाली क्रिकेटका टाइगर भनिने उनी फिनिसरको रुपमा हुनेछन् । ५३ टी-२० आई खेलमा दीपेन्द्रले १३४४ रन बनाएका छन् । २५ विकेट पनि लिएका छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनको योगदान महत्वपूर्ण हुनेछ ।

यस त्रिकोणात्मक  टी-२० सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्