संसद भवनभित्र छिरे लघुवित्त पीडितहरु, ३ दर्जनबढी प्रहरीको नियन्त्रणमा

सोमबार, फागुन १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित  संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।

संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद भवन परिसरमा पुगेर नाराबाजी गर्दै पुगेका हुन् ।

संसद भवनमा नरावाजी गरिरहेका  दुई दर्जन बढी लघुवित्त पीडितहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४८ महिला र एक पुरुष छन् ।

पक्राउ परेका उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, गरिब किसानहरूलाई निस्शुल्क ऋण प्रदान गर्नुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्दै आएका छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्