सशस्त्र प्रहरीले बरामद गर्यो एम्बुलेन्समा राखिएको पौने ३ क्विन्टल गाँजा

सोमबार, फागुन १४, २०८०

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीबाट पौने ३ क्विन्टल गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल  नं. ४ गण हेडक्वार्टर सुनसरीले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो ।  

बिहान साढे बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सप्रनि बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराबाट सुर्यकुण्डतर्फ जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकिराखेको भारतीय सरकारबाट उपहारमा पाएको लेखिएको को १ च २९३७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा  ९ वटा पोकामा लुकाई छिकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो।

उक्त बरामद एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्