मन्त्री रिजालद्वारा समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्न जोड

सोमबार, फागुन १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्टहरुले सामना गर्नु परेका चुनौतीहरू बारे ध्यानाकर्षण गराएका छन् ।

आइतबार डब्लुटीओको "१२औ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्र" लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्टहरुले सामना गर्नु परेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन्  । मन्त्री रिजालले यसमा आबद्ध सदस्यको क्षमता अभिवृत्तिका लागि प्राविधिक र क्षमता विकास सहयोग जारी राख्न समेत आग्रह गरेका थिए ।  

त्यसैगरी डब्ल्यूटीओको महत्त्वाकाङ्क्षी सदस्यको लागि सरल र अनुकूल नीति बनाउनु पर्नेमा जोड दिनुहुदै मन्त्री रिजालले विश्व व्यापार सङ्गठनका नयाँ सदस्यहरू कोमोरोस र टिमोर लेस्टेलाई बधाई समेत दिए । आइतबार नै मन्त्री रिजालले भूपरिवेष्टित विकासशील देशहरूको बैठकलाई पनि सम्बोधनसमेत गरेका थिए । भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार सङ्गठनमा आबद्ध सदस्य राष्टहरुले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह गरेका छन् ।

मल्टी-मोडल यातायात पूर्वाधारको माध्यमबाट समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्नु पर्नेमा मन्त्री रिजालले जोड दिएका हुन्   । 

मन्त्री रिजाल विश्व व्यापार सङ्गठनको १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अबुधाबी गएको हो । मन्त्री रिजाललाई अबुधाबीको जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा  युएईका लागि नेपाली राजदूतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्