सरकारले जवाफ दिने भएपछि अवरुद्द संसद बैठक सुचारु

सोमबार, फागुन १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । विपक्षी दलहरुले उठाएको प्रश्नको सरकारले जवाफ दिने भएपछि अवरुद्द संसद बैठक अगाडि बढाइएको छ।

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधि सभाको सोमबारको बैठक अवरुद्ध गरेपछि आगामी फागुन १८ गते बस्ने बैठकमा सरकारले जवाफ दिने भएको हो । 

आज बिहान १५ मिनेट प्रतिनिधि सभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएपछि बैठक निरन्तर अगाडि बढेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्