इलाम-२ को उपनिर्वाचन बैशाख १५ मा

आइतबार, फागुन १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन आयोगले  उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आइतबार बसेको बैठकले आगामी बैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारसँगको छलफलपछि निर्वाचनको मिति तोकिएको आयोगले जनाएको छ । यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा पनि बैशाख १५ गते नै उपनिर्वाचन हुनेछ । त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्