डा. थापाले गरे ६८ जनाको नि:शुल्क मेरुदण्ड जाँच

आइतबार, फागुन १३, २०८०

बाँके । नेपालगन्जस्थित मलमपट्टी क्लिनिकले शनिवारमा आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् ।

खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरि आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिए ।

मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको अवस्थामा उक्त समस्याको पहिचान, उपचार र निदानमा टेवा पुगोस् भन्ने उद्देश्यले हाडजोर्नी रोग विशेषज्ञ डा.प्रकाश थापाद्धारा सेवा प्रदान गरिएको पनि उनले जानकारी दिए ।

मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले सेवा लिएका थिए ।

शिविरमा डा.थापाले बिरामीको स्वास्थ्य चेकजाँच गर्नुका साथै बिरामीका आफन्तहरुलाई परामर्श सेवा समेत प्रदान गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्