सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आज आईसीसी विश्वकप लिग २ को नेपाल सिरिजअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदैछ ।
आज बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भइरहेको खेलमा टस जितेर नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको छ।
तीन खेलमध्ये एक-एक खेल जितेका नेदरल्याण्ड्स नेपाल आज एक अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिँदै छन् । नामिबिया भने चारमध्ये तीन खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नेदरल्याण्ड्सले नामिबिया र नेपालले नेदरल्याण्ड्स माथि जित हासिल गरेको थियो । यसअघिको खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।
त्रिवि खेल मैदानमा अहिलेसम्म भएका एस प्रतियोगितामा टस जित्ने टोलीले नै खेल जिते पनि आज नेपालले नेदरल्यान्ड्सविरुद्द आक्रामक खेल्ने देखिएको छ। आजको खेलमा सोमपाल कामी र देव खनालको स्थानमा आरिफ शेख र गुल्सन झा खेल्नेछन् ।