एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित

शनिबार, फागुन १२, २०८०
Neuro hospital Nepalgunj

कैलाली । यज्ञराज ढुंगाना नेकपा एमाले कैलालीको अध्यक्षमा निर्वाचित भएका छन् । ढुंगानाले उनका निकटम प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुंगानाले २८७ मत ल्याउदा उनका प्रतिद्वन्द्वी पाण्डेले २१८ मत ल्याएका छन्। अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाएका छन् । जोशी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना  प्यानलसहित उम्मेदवारी दिएका थिए ।

यसैगरी जिल्ला उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही १९३ मत ल्याउदै प्रतिद्वन्द्वी दलबहादुर बिष्टलाई पराजित गरे। बिष्टले १८८ मत पाएका थिए । त्यस्तै अर्का उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

जिल्ला सचिवमा पाण्डे प्यानलका ममताप्रसाद चौधरी निर्वाचित भएका छन् । चौधरी २४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत मात्रै पाएका छन् । सचिवका अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरेका छन् ।

यस्तै उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।  उनले २५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका हुन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चौधरी १९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । 

 

 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्