मिटरब्याजी पीडितको काठमाडौंमा प्रदर्शन

शुक्रबार, फागुन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । काठमाडौंमा मिटरब्याजी पीडितहरूले  प्रदर्शन गरेका छन् । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका पीडितहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।

भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरूले सोही स्थानमा सडकमा बसेर विरोध जनाए । 

प्रदर्शनकारीहरूले किसानको भूमि फिर्ता गर्, पीडितहरू एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् । 

उनीहरू बुधबार  साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्