अवैध बाटो हुँदै अमेरिका पुगेका ८ नेपालीलाई नेपाल फर्काइयो

शुक्रबार, फागुन ११, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अमेरिका  पुगेका ८ जना नेपालीलाई   फर्काइएको छ। अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई जानकारी दिए ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उनले भने, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ ।” 

 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्