अन्तिम खेलमा नेपाल 'ए' लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज

बिहीबार, फागुन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । अन्तिम खेलमा नेपाल 'ए'  क्रिकेट टिमलाई पराजित गर्दै क्यानडा-११ ले एकदिवसीय क्रिकेटको २-१ ले सिरिज जितेको छ।

आज मुलपानी मैदानमा भएको अन्तिम खेलमा  क्यानडा-११ ले नेपाल 'ए' ले दिएको १८२ रनको लक्ष्यलाई क्यानडाले ६ विकेटको क्षेतिमा भेटाएको हो।

पहिलो ब्याटिङ गर्दै ४६.६ ओभरमा १० विकेट गुमाउँदै नेपाल 'ए' ले दिएको लक्ष्यलाई ३८.५ ओभरमा क्यानडाले १८२ रन बनाउदै सिरिजमाथि २-१ ले जितेको हो।

नेपालका लागि साहब आलमले ४ विकेट लिएका थिए। नेपाल र क्यानडा-११ यसअघि १-१ खेल जितेपनि आज नेपाल 'ए' लाई पराजित गर्दै क्यानडा -११ ले सिरिज जितेको हो। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्