संसद बैठकमै राप्रपाकी सांसदले प्रधानमन्त्रीलाई फटाहा भनेपछि....

बिहीबार, फागुन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) की सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमै  बप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ‘फटाहा’ भनेकी छिन् ।

आजको बैठकमा सांसद  कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा "फटाहा" भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्