नेपाल फेरि नामिबियासँग २ विकेटले पराजित

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।नेपाल  आईसीसी क्रिकेट विश्वकप लिग– २ मा  नामिबियासँग फेरि पराजित भएको छ । पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटको हार बेहोरेको छ। 

घरेलु कीर्तिपुर मैदानमा १६९ रनको झिनो चुनौती लिएर उत्रिएको नामिबिया दबाबमा रहे पनि ४० ओभरमा ८ विकेटको क्षतिमा जित निकाल्दै महत्वपूर्ण २ अंक छिन्न सफल भयो । यसअघि पहिलो खेलमा नामिबिया विरुद्धको प्रदर्शन भन्दा केही सुधार गरेको भए पनि नेपालले दोस्रो खेलमा ठूलो स्कोर बनाउन सकेन । जसका कारण हारको सामना गर्नुपर्यो । 

नामिबियाका लागि कप्तान गहार्ड इरामसले ५२ रन बनाए । त्यस्तै जेजे स्मितले अविजित रहँदै ३४ रन बनाए ।  नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । 

प्रतिकूल मौसमबीच कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३७.१ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटिएको थियो । 

४३ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ६४ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५८ रन बनाएर आउट भए । आसिफको यो एक दिवसीयमा १२ औँ अर्धशतक हो । पहिले दबाबमा भए पनि आसिफलाई कुशल मल्लले साथ दिएसँगै नेपाल सुधारोन्मुख स्थितिमा रहेको थियो । 

चौथो विकेटका लागि ५७ रनकोसमेत साझेदारी गर्ने क्रममा कुशलले ५२ बलमा ३६ रन जोडे । भीम शार्कीले ३६ बलमा २६ रन बनाए । कुशल भुर्तेलले १८ रन बनाए । करण केसीले १२ बलमा १२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १८ बलमा ६ रनमात्र बनाए । सोमपाल कामीले ४ रन बनाए । 

खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले रनको खाता नै खोल्न सकेनन् । ललित राजबंशी आउट नभए पनि ६ बल खेलेर रनको खाता खोल्न सकेनन् । 

बर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी–इटनले समान ४–४ विकेट लिए ।  यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुँदै लिग–२ मा खराब शुरुआत गरेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्