दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

घोराही । दाङमा  मोटरसाइकल दुर्घटना हुँदा  दुई जना युवकको मृत्यु भएको छ।

जिल्लाको घोराही-तुलसीपुर सडक खण्डमा आज  बिहान साइकल यात्रुलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना भएर  रोल्पा त्रिबेणी गाउँपालिका-५ का २१ बर्षीय बिजय पुन र सोही ठाउँका २४ बर्षीय नेत्र भण्डारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ  ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका -१६ सर्रा चोकमा  आज बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकले बिहान पौने ७ बजेतिर दुबैजनालाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार पुनले मोटरसाइकल चलाएका थिए भने भण्डारी पछाडि सवार थिए ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकल साइकलसंग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्