महासमिति बैठकमा आज प्रतिवेदनमाथि छलफल हुँदै

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा  आज प्रतिवेदनमाथि छलफल हुँदैछ।

सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक आज पनि बिहान ९ बजेबाट बसेर  मंगलवार पाँच वटा पेस भएका प्रतिवेदनमाथि छलफल हुँदैछ ।

आज उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले क्रमशः साङ्गठनिक र समसामयिक, राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले देशको वर्तमान आर्थिक, अवस्था, सम्भावना र भावी योजना र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्