आज नेपाल र नामिबिया भिड्दै

बुधबार, फागुन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र नामिबिया पुन: खेल्दैछन्।

आज बिहान ९:३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा उक्त खेल सुरु हुने हुनेछ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट नेपालले कम्ब्याक गर्दै विश्वकपमा साउथ अफ्रिका र बंगलादेश जस्ता टोलीलाई हराएको बलियो नेदरल्यान्ड्समाथि ९ विकेटले पराजित गर्यो । नेपाललाई आज नामिबियासँग बदला लिने अवसर हुनेछ ।

नेपाल रोहित पौडेलको कप्तानी र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । सम्भवत नेपालका देव खलान परिवर्तन भएर करण केसी पहिलो ११ मा आउने भएका छन।

 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्