आफ्नै चुनाव चिन्ह 'रुख' मा भोट हाल्ने अवस्था सुनिश्चित गर्छौ: गगन थापा (पूर्ण पाठसहित)

मंगलबार, फागुन ८, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । महासमिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेश गरेका छन् । उनले सभापति देउवासँगको लामो समयको रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जनसहित सांगठनिक प्रस्ताव पेश गरेका हुन् । 

चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने र कुनै पनि कांग्रेसीले कांग्रेसको रुख चिन्हमा बाहेक अन्त भोट हाल्नका लागि दबाब दिन नपाइने भन्दै अडानमा रहँदै आएका थिए । 

महामन्त्री थापाको सो अडानमा अन्तिम समयसम्म डटिरहेपछि बाध्य भएर देउवा पछि हटेपछि थापाले सोही मुद्दासहितको प्रतिवेदन पेश गरेका हुन् ।

मंगलबार प्रतिवेदन प्रस्तुत गर्ने क्रममा थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्नेसमेत बताएका छन् । उनले भने, ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।’ 

उनको ३८ पृष्ठ लामो प्रतिवेदनमा सांगठनिक अवस्था, सांगठनिक सुधार र कार्ययोजनाका २० बुँदा समेटेका छन् । 

साथै उनको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने केही विषय र विकल्पलाई समेटेका छन् । जसमा सदस्यता, नेतृत्व चयन प्रक्रिया, समावेशीता, कार्यसमितिको संरचनागत व्यवस्था, उम्मेदवार छनोट प्रक्रिया,, भ्रातृ संघ, शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समिति लगायतका २० विषय समेटिएका छन् । 

पूर्णपाठ-

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्