यस्तो छ उपसभापति खड्काले पेस गरेको नीति प्रस्ताव (पूर्ण पाठसहित)

मंगलबार, फागुन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । जिम्मेवार नेपाली कांग्रेस: समुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । 

उनले विरोधीले जे पनि विरोध गर्न पाउँछ भन्ने धारणा पनि हामीले त्याग्नुपर्छ भनेका छन् । उनले भने, '"आम नागरिक र पार्टी पङ्तिलाई दीक्षित पार्दै वी.पी. स्वयंले भन्नु भएको छ, ‘न उग्र नारा लिएर यहाँको समस्या समाधान हुन्छ, न विरोध गर्नुपर्ने जवाफदेहीपूर्ण कर्तव्य छोडेर । विरोधीले जे पनि विरोध गर्न पाउँछ भन्ने धारणा पनि हामीले त्याग्नुपर्छ । विरोधमा बसेका मानिसहरूलाई एउटा ठुलो नैतिकताको र आफ्नो जबाफदेहिताको बोध हुनुपर्छ ।’ कांग्रेस हुनु भनेको अधिकारको आधार मात्र होइन, जिम्मेवारी र कर्तव्य बोधको दायित्व पनि हो । "

उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । उनले भने–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।”

उनले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेस गर्दै जानकारी दिए ।

सशस्त्र द्वन्द्वलाई समेत शान्तिपूर्वक समाधान गरी नेपाली कांग्रेसले फेरि लोकतन्त्र तथा नागरिक हक अधिकारलाई सुरक्षित गरेको उनले बताए । साथै दिगो शान्ति र सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको आधार तय गरेको सुनाए ।
पूर्ण पाठ

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्