त्रिभुवन विमानस्थलबाट करिब १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

मंगलबार, फागुन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । दुबईबाट काठमाडौं आइपुगेका एक भारतीय नागरिकलाई करिब १ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। 

विमानस्थल प्रहरीले ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई ८ सय ५५ ग्राम सुनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फ्लाई दुबई गएराति दुबईबाट आएका गफुरलाई शंका लागेर चेकजाँच गर्दा सुन फेला परेको थियो । 

प्रहरीले पक्राउ परेका उनलाई आबश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्