नागरिकलाई छिटो र सहज रुपले सेवा दिन गृहमन्त्रीको निर्देशन

आइतबार, असार ३१, २०८०

काठमाडौं ।  नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । 

आज  सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबीच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले आन्तरिक रूपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए । 

उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने रु स्वच्छ ढङ्गले काम गर्ने कसरी बनाउने रु र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए । 

उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्