नेपालगञ्जको मलमपट्टी क्लिनिक्समा डा. थापाद्वारा नि:शुल्क मेरुदण्ड सम्बन्धि चेकजाँच गर्दै

मंगलबार, फागुन ८, २०८०

नेपालगञ्ज । नेपालगञ्जको चारबाहिनी रोडमा रहेको मलमपट्टी क्लिनिक्समा नि:शुल्क मेरुदण्ड सम्बन्धि चेकजाँच हुने भएको छ। वरिष्ठ  मेरुदण्ड रोग विशेषज्ञ डा. प्रकाश बहादुर थापाबाट  आगामी फागुन १२ गते शनिबार नि:शुल्क मेरुदण्ड सम्बन्धि चेकजाँच हुन लागेको हो।

शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डा. थापाबाट गरिने नि:शुल्क जाँचका क्रममा सोही  मलमपट्टी क्लिनिक्स परिसरमा रहेको थोपा प्रयोगशालामा समेत एक्स-रे मा पनि २० प्रतिशत छुट दिइने भएको छ।

डा.थापाद्वारा दिने नि:शुल्क सेवा सेवामा आउने सेवाग्राहीले थप जानकारीका लागि ०८१-५३३९११ मा पनि सम्पर्क गर्न सकिने मलमपट्टी क्लिनिक्सले जनाएको छ।

डा. थापा पश्चिम क्षेत्रकै एक सफल हड्डी एवं मेरुदण्ड विशेषज्ञका रुपमा चिनिन्छन् ।

यस्तो दिने नि:शुल्क सेवा

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्